गृहपृष्ठ वरिष्ठ बालरोग विशेषज्ञ डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण
वरिष्ठ बालरोग विशेषज्ञ डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण
जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञसमेत रहेका जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवलाई कोरोना भाइरस संक्रमणकोे पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा डा.यादवसहित धनुषाका ४८ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको रिपोर्टअनुसार जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका ४ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ ।
शुक्रबार जनकपुरका २२, धनुषा मिथिला बिहारी नगरपालिकाका १, बटेश्वर गाउँपालिकाका १, हंसपुर नगरपालिकाका १, मुखियापट्टी गाउँपालिकाका १, जमुनीवासका १, मिथिला नगरपालिकाका ६, धनौजी गाउँपालिकाका १ र लक्ष्मीनिया गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकाका १७, औरही नगरपालिकाका १ र पिपरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित समय १७:३० बजे

















