गृहपृष्ठ एनएमबी बैंकको खुद नाफा सवा दुई अर्ब

एनएमबी बैंकको खुद नाफा सवा दुई अर्ब

एनएमबी बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २७ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा सामान्य बढी हो । अघिल्लो वर्ष बैंकले दुई अर्ब २५ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले शुक्रबार जारी गरेको गत वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल निक्षेप एक खर्ब ३१ अर्ब ६६ करोड तीन लाख ६८ हजार रुपैयाँ जम्मा भएको छ । क्षेत्रीय स्तरका बलिया विकास बैंकहरूलाई गाभिरहेको कम्पनीको चुक्ता पुँजी १३ अर्ब ९५ करोड छ । बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा वितरणयोग्य नाफा १५ करोड रुपैयाँले बढेको हो ।

बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन ३४.५ प्रतिशत र कर्जा प्रवाह ३०.७६ प्रतिशत बढेको छ । बैंकको खराब कर्जा भने बढेको छ । कोभिड १९ का कारण ब्याज संकलन हुन नसक्दा खराब कर्जा बढेको देखिएको हो । गत आवमा बैंकको खराब कर्जा ०.८२ प्रतिशतबाट बढेर २.६८ प्रतिशतमा पुगेको छ ।

बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ छ भने सेयरधनी कोषमा ९६ करोड ४० लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा छ ।

प्रकाशित समय १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु