गृहपृष्ठ विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख ७३ हजार नाघ्यो

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख ७३ हजार नाघ्यो

चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोनाभाइरस (कोभिड- १९) महामारीका कारण विश्वभर ७ लाख ७३ हजारले ज्यान गुमाएका छन् । हालसम्म विश्वमा २ करोड १८ लाख २५ हजार ३३० संक्रमित थपिएको वर्ल्डोमिटरले जनाएको छ ।

बितेका २४ घण्टामा मात्रै २ लाख १२ हजार ६२९ संक्रमित थपिएका हुन् । त्यस्तै एकै दिनमा ४ हजार ५३३ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म एक करोड ४५ लाख ५९ हजार ६३१ जना भाइरसमुक्त भएर घर फर्केका छन् ।

सबैभन्दा बढी कोरोना फैलिएको अमेरिकामा बितेका २४ घण्टामा ३६ हजार ८४३ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ५५ लाख ६६ हजार ६३२ पुगेको हो ।अमेरिकामा हालसम्म एक लाख ७३ हजार १२८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

सबैभन्दा दोस्रो बढी संक्रमण फैलिएको देश ब्राजिलमा संक्रमितको संख्या ३३ लाख ४० हजार १९७ पुगेको छ । बितेका २४ घण्टामा मात्रै थप २२ हजार ३६५ संक्रमित थपिएका छन् । ब्राजिलमा अहिलेसम्म एक लाख ७ हजार ८७९ को मृत्यु भएको छ ।

यस्तै भारतमा हालसम्म २६ लाख ४७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको छ भने ५१ हजार ४५ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख १८ हजार ७६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु