गृहपृष्ठ कोरोना संक्रमितको संख्या दुई करोड २३ लाख नाघ्यो
कोरोना संक्रमितको संख्या दुई करोड २३ लाख नाघ्यो
एक करोड ५० लाख ४० हजार संक्रमितले जिते कोरोना भाइरस
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २३ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ६२ जनामा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या दुई करोड २३ लाख ६ हजार ५३८ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि सात लाख ८४ हजारभन्दा बढी पुगेको छ । मंगलबार मात्रै विश्वभर सात हजार एक सय जनाले ज्यान गुमाएपछि मृतकको संख्या सात लाख ८४ हजार ३५३ पुगेको छ । त्यस्तै कुल संक्रमितमध्ये एक करोड ५० लाख ४७ हजार ७७९ जनाको सफल उपचार भएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर ६४ लाख ७४ हजार ४०६ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ६२ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३ हजार ९९९ जनामा संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५६ लाख ५५ हजार ९७४ पुगेको हो । त्यस्तै गएको २४ घण्टामा मात्रै एक हजार ३५८ जनाको ज्यान गएपछि अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ७५ हजार ०७४ पुगेको हो ।
त्यस्तै ३० लाख ११ हजारको सफल उपचार भएको छ भने २४ लाख ६९ हजारको उपचार भइरहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार उपचाररत संक्रमितमध्ये १७ हजार ७४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । ब्राजिलमा पनि संक्रमितको संख्या ३४ लाख ११ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४८ हजार ६३७ जनामा संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३४ लाख ११ हजार ८७२ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख १० हजार नाघेको छ । मंगलबार मात्रै ब्राजिलमा एक हजार ३६५ पुगेको छ ।
प्रकाशित समय १०:०८ बजे

















