गृहपृष्ठ कविता – बा’हरू
कविता – बा’हरू
बा’हरु
पुरै गुजुल्टिएका छन्,
चिन्ता र वैरागले,
बा हरु चिन्नै नसकिने गरि
कुरुप भएका छन् ।
समाजका प्लेगहरुले,
नलिहाडहरु छियाछिया भएका छन् बाका ।
याम्बुतिर ओसार्दा र्ओसार्दै बोराका बोरा
महारानीहरुका प्यान्टीहरुले,
बा हरु लवजबिहिन भएका छन्
जिब्रोहरु थुतिनाले
तर, साथी तिमी भन्छौ
‘पितरी सर्व सम्पन्ना, प्रियन्ते सर्वदेवता’
हाउ कप पोसिवल हँ ?
मेरो पुरै जीवन खोपिका देउता र सासकहरुको
कठघरामा छोडिदिएपछि,
म कसरी भन्न सक्छु
र
प्रियन्ते सर्व देवता
भनेर,
हे पृथ्वीका सर्वोत्कृष्ट प्राणी भनिएका
दुई खुट्टे पखेरुहरु ।।
प्रकाशित समय ११:०६ बजे

















