गृहपृष्ठ अछामको रामारोशन गाउँपालिकामा बाढी : १६ घर बगे , ४ जनाको शव भेटियो, १९ वेपत्ता

अछामको रामारोशन गाउँपालिकामा बाढी : १६ घर बगे , ४ जनाको शव भेटियो, १९ वेपत्ता

अछामको कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । बाढीमा ४ जनाको शव भेटिएको छ भने १९ जना वेपत्ता भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्‍याएको उनले बताइन् । प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित समय ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु