गृहपृष्ठ अब प्रदेश २ का निजी अस्पताललाई पनि कोरोना उपचारको जिम्मा
अब प्रदेश २ का निजी अस्पताललाई पनि कोरोना उपचारको जिम्मा
प्रदेश २ सरकारले निजी अस्पताल र मेडिकल कलेजलाई पनि कोरोना संक्रमितको उपचारको जिम्मा दिने भएको छ । भदौ २ गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले संघीय सरकारले तोकेको दरमा रकम दिएर निजी अस्पताल र मेडिकल कलेजलाई कोरोना संक्रमितको उपचारको जिम्मा दिने निर्णय गरेको हो ।
मेडिकल कलेज तथा निजी अस्पतालबाट असहयोग भए संघीय सरकारलाई लेखेर पठाउने वा कानुनी कारबाही गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । हाल प्रदेश २ मा कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । संख्या बढेसँगै संक्रमितले उपचार नपाउने अवस्था सिर्जना भएपछि सरकारले यस्तो निर्णय लिएको हो ।
प्रकाशित समय २०:१२ बजे

















