गृहपृष्ठ विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो, ६२ हजारको अवस्था चिन्ताजनक

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो, ६२ हजारको अवस्था चिन्ताजनक

संक्रमितको संख्या दुई लाख ३० हजार नाघ्यो, एक करोड ५६ लाख ८९ हजार संक्रमित डिस्चार्ज

फाइल तस्बिर ।

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ८२५ जना संक्रमितको ज्यान गएपछि मृतकको संख्या आठ लाख दुई हजार ३६३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई लाख ३० हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ४७ हजार ८६९ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै कुल संक्रमितको संख्या दुई करोड ३० लाख ९८ हजार ३२ पुगेको छ ।

कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या एक करोड ५६ लाख ८९ हजार ९२५ पुगेको छ भने ६६ हजार पाँच हजार ७४४ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उपचार भइरहेकामध्ये पनि करिब ६२ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या फेरि बढ्दै गएको छ । शुक्रबार मात्रै अमेरिकामा ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् । अहिलेसम्म अमेरिकामा ५७ लाख ९६ हजार ५७९ जनामा संक्रमण देखिएको छ । त्यस्तै एक लाख ७९ हजार १९८ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार १६८ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकी स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ३१ लाख २१ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने २४ लाख ९६ हजारको उपचार भइरहेको छ । उपचार भइरहेकोहरुमा पनि १६ हजार ८३३ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको आइसोलेसन र भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ३५ लाख ३६ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ३१ हजार ३९१ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३५ लाख ३६ हजार ४८८ पुगेको छ । त्यस्तै एक लाख १३ हजार ४५४ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै ब्राजिलमा एक हजार ३१ जनाले ज्यान गुमाएका थिए । त्यस्तै कुल संक्रमितमध्ये २६ लाख ७० हजार संक्रमित संक्रमणमुक्त भएका छन् भने सात लाख ५२ हजारको उपचार भइरहेको छ ।

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु