गृहपृष्ठ ‘किमद्वारा नीतिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’
‘किमद्वारा नीतिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’

उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–अनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ ।
किमले अहिले पनि अझै पनि सम्पूर्ण राजकीय मामिला चलाइरहेको नेशनल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ । दक्षिण कोरियाली उक्त गुप्तचर संस्थाले बताएअनुसार सर्वोच्च नेता किमले बहिनी किम यो–जङलाई थप जिम्मेवारी हस्तान्तरण गर्दै उनलाई थप शक्तिशाली बनाएको छ ।
संस्थाले यो सूचना दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा दिएको बताइएको छ । छलफलपछि सांसदहरूले उक्त आँकलनबारे पत्रकारहरूसँग छलफल गरेका बीबीसीले उल्लेख गरेको छ ।
जासुसी संस्थालाई उद्धृत गर्दै भनिएको छ, ‘सर्वोच्च नेता किम जङ–अनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहरेको तर, विस्तारै आफ्नी बहिनीलाई शक्तिशाली बनाउने रणनीति अघि सारेको देखिन्छ ।
अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको समाचारहरू सार्वजनिक भएका छन् । तर, नेता किमले बहिनीलाई ‘उत्तराधिकारी छान्नुभएको’ भने छैन ।
नेता किमको निर्णय ’राजकीय तनावबाट छुटकारा पाउने र नीतिगत विफलताको दोषबाट जोगिने’ उपायको एउटा भाग भएको जासुसी संस्थाको दावी रहेको छ । (एजेन्सी)
प्रकाशित समय ०६:३४ बजे