गृहपृष्ठ सरकारको संचित खाता घाटामा छैन : अर्थमन्त्री खतिवडा
सरकारको संचित खाता घाटामा छैन : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिडका कारण सरकारको संचित खाता घाटामा नरहेको बताएका छन् । शुक्रबार अर्थमन्त्री र विश्व बैकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच भएको छलफलमा मन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।
विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाबारे शुक्रबार भिडियो कन्फरेन्समार्फत छलफल भएको थियो ।
छलफलमा मन्त्री खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरे । उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १।६ अर्बभन्दा बढी नै रहेको, सरकारको संचित खाता ९ट्रेजरी० घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराए ।
विश्व बैंकबाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि उनले अनुरोध गरे । नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सोको लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको मन्त्री खतिवडाले बताए ।
कोभिडको बिषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र आइडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । ‘वित्तीय दबाबका बावजुद नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम ९आइ।एफ।सी।०को सेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिन्छ ।’ उनले भने ।
अर्थमन्त्रीले स्वास्थ्य र आर्थिक पुनरुत्थान सगसँगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ पुर्याएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराए । उनले विश्व बैंकसंग हालै सम्झौता भएको रणनैतिक सडक आयोजना हालसम्मकै ठूलो एकल आयोजना रहेको र गत वर्ष सोलगायत अन्य महत्वपूर्ण आयोजना सम्झौता भई करिब एक अर्ब डलर थप प्रतिवद्धता प्राप्त भएको बताए ।
विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एसियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा प्रशंसा गरे । विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा प्रस्तुत गरिने योजना रहेको जानकारी गराए ।
प्रकाशित समय ०७:३९ बजे

















