गृहपृष्ठ वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु
वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु
कोरोनाभाइरस संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका- ४, डोकैला बहुवरी टोलका ६१ वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ती पुरूषको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा उपचाररत थिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री भेटिएको छैन ।
प्रकाशित समय ११:३६ बजे

















