गृहपृष्ठ माधवकुमार नेपालको अंगरक्षकसहित ९ जना सुरक्षाकर्मीलाई कोरोना

माधवकुमार नेपालको अंगरक्षकसहित ९ जना सुरक्षाकर्मीलाई कोरोना

madhab-nepal-newskarobar

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । अंगरक्षक (पीएसओ)सहित नेता नेपालको  सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा संक्रमण देखिएको हो ।

नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गएको बुधबार फेरि परीक्षण गरिएको थियो ।

दोस्रोपटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ ।

पीएसओ ड्यूटीमा नरहेको बेलामा संक्रमण देखिएको स्वकीय सचिव गौतमको भनाइ छ । संक्रमण देखिएका सबैलाई शुक्रबार राति नै आइसोलेसनमा पठाइसकिएको उनले जानकारी दिए ।

प्रकाशित समय १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु