गृहपृष्ठ ‘नो अब्जेक्सज सर्टिफिकेट’ सूचारु गर्ने निर्णय भएको छ : मन्त्री खतिवडा

‘नो अब्जेक्सज सर्टिफिकेट’ सूचारु गर्ने निर्णय भएको छ : मन्त्री खतिवडा

उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकबाट सो निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो ।

जोखिम कायमै रहे तापनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।

प्रकाशित समय १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु