गृहपृष्ठ कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि

कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि

कर्णालीमा शुक्रबार थप १९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कर्णालीका तीन जिल्ला दैलेख, जुम्ला र सल्यानमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

दैलेख जिल्ला अस्पतालमा गरिएको आरटि–पिसिआर परीक्षणमा ११ जना, चौरजहारी नगरपालिका पिसिआर परीक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

दैलेखमा कोरोना पुष्टि भएका सबै नारायण नगरपालिकाका भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । त्यस्तै सल्यानको दार्मा गाउँपालिकाका दुई जना र जुम्लाको हिमा गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको महाशाखा प्रमुख बृषबहादुर शाहीले जानकारी दिए ।

यससँगै कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या २ हजार ३६४ पुगेको छ । चौबिस घण्टायता प्रदेशभर १५ जना कोरोनामुक्त भएपछि कोरोनमुक्त हुनेको जम्मा संख्या २ हजार ४० पुगेको शाहीले बताए । हालसम्म कर्णालीमा कोरोनाभाइरसका सक्रिय बिरामी ३१७ जना छन् ।

प्रकाशित समय २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु