गृहपृष्ठ पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर ।

ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार) बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।

काठमाडौंकी महिलाको गत साउन ३० देखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरकी महिला भने यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु