गृहपृष्ठ विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या २ करोड ४९ लाख नाघ्यो

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या २ करोड ४९ लाख नाघ्यो

विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोनाभाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोनाभाइरस संक्रमणबाट आठ लाख ४१ हजार ६८१ जनाको मृत्यु भएको छ ।

शनिबार अपराह्नसम्म संक्रमितमध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६० लाख ९६ हजार ७५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार ९६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतमा ३४ लाख ६८ हजार २७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६२ हजार ७५० जनाको मृत्यु भएको छ ।

रुस ३३ लाख ८५ हजार ३४६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख २९ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २० हजार १३२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने १३ हजार ७४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ७६७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ८५ हजार ७३८ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने ६३ हजार १४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६२१ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख ५ हजार ९७२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने ११ हजार १३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु