गृहपृष्ठ कोरोना संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगर- ४ का ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुषको मृत्यु भएको कोसी अस्पतालले जनाएको छ ।

शुक्रबार अस्पताल ल्याइएका कदमाहाका पुरुषको शनिबार बिहान साढे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले बताए । ती पुरूष ज्वरो र सास फेर्न गाह्रो हुने समस्याले ग्रस्त थिए । शुक्रबार बेलुकी रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड- १९ अस्पताल रिफर गरिएको डा. यादवले बताए ।

शुक्रबार निधन भएका विराटनगरकी महिलाको भने शनिबार बिहान रिपोर्ट पोजेटिभ आएको हो । पखला र सास फेर्न गाह्रो रहेको गम्भीर अवस्थामा अस्पताल भर्ना गराइएकी ती महिलाको शुक्रबार बेलुकी कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु