गृहपृष्ठ भारतमा अहिलेसम्मकै उच्च संक्रमण, एकै दिनमा थपिए साढे ९५ हजार संक्रमित

भारतमा अहिलेसम्मकै उच्च संक्रमण, एकै दिनमा थपिए साढे ९५ हजार संक्रमित

भारतमा अहिलेसम्मकै कोरोना भाइरसको उच्च संक्रमण देखिएको छ । एकै दिनमा ९५ हजार ५२९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको हो । त्यस्तै ७५ हजार ९१ जनाले ज्यान गुमाएका छन् ।

बुधबार मात्रै भारतमा एक हजार १६८ जनाको ज्यान गुमाएका छन् । भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ३४ लाख ६९ हजार जनाको उपचार भइसकेको छ भने ९ लाख १८ हजारको उपचार भइरहेको छ ।

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु