गृहपृष्ठ सुर्खेतमा थप ३० जनामा कोरोना संक्रमण
सुर्खेतमा थप ३० जनामा कोरोना संक्रमण
सुर्खेतमा मात्रै स्वाब संकलन गरिएका २९ जना गरी कर्णाली प्रदेशभर ३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक गरी ३० जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
शुक्रबार कोरोना भाइरस पुष्टि हुनेहरुमा एक जना सामाजिक विकास मन्त्रालयका कर्मचारी छन् । उनी उच्च शिक्षा शाखाका कर्मचारी रहेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । मन्त्रालयका कर्मचारीमा कोरोना देखिएपछि शाखा सील गरेर अन्य कर्मचारीलाई होम आइसोलेशनमा पठाइएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
‘मन्त्रालयभन्दा बाहिर नै शाखा भएकाले मन्त्रालय सील हुँदैनन्,’ उनले भने, ‘शाखामा कार्यरत सबै कर्मचारीहरुको भने पाँच दिनपछि स्वाब संकलन गरेर परीक्षण गर्न भनेका छौं ।’ मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत कंडेलका अनुसार संक्रमित अन्य २९ जनामध्ये वीरेन्द्रनगरका सात, बर्दियाका चार, दैलेखका तीन, सुर्खेत भेरीगंगाका, कालिकोट,सल्यानका दुई–दुई जना छन् । यस्तै, जाजरकोट, हुम्ला, काठमाडौं, ताप्लेजुंङ, ललितपुर, गुल्मी एक–एक जना रहेपनि जुम्लाका भने तीनजना रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या २ हजार ७ सय ५५ पुगेको छ ।
गत चौबिस घण्टामा १५ जना कोरोना भाइरसमुक्त भएपछि जम्मा २ हजार ३ सय ७९ जना कोरोनामुक्त भएका छन् । प्रदेशभर सक्रिय संक्रमित भने ३३८ जना रहेको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय ०७:४४ बजे

















