गृहपृष्ठ कोरोनाबाट काठमाडौंमा ६ सहित देशभर ९ जनाको मृत्यु
कोरोनाबाट काठमाडौंमा ६ सहित देशभर ९ जनाको मृत्यु
अन्त्येष्टिअघि सलामी दिँदै शव व्यवस्थापनका खटिएका सेनाको टोली। (फाइल तस्बिर)
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यसमध्ये काठमाडौं उपत्यकाका मात्रै ६ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ पुरुष र तीन महिला हुन् । मोरङका ६९ वर्षीय पुरुष, काठमाडौँका ६५/६५ वर्षीया दुई महिला तथा ५९, ७०, ६४ र ५९ वर्षका चार पुरुष गरी ६ जना, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्य ३ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ९ हजार १ सय ८५ पीसीआर परीक्षण गर्दा देशभर १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए ।
प्रकाशित समय १७:०८ बजे

















