गृहपृष्ठ कोरोना संक्रमणबाट देशभर थप १० जनाको मृत्यु
कोरोना संक्रमणबाट देशभर थप १० जनाको मृत्यु
फाइल तस्बिर ।
कोरोनाभाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र नेपालमा थप १० जनाको मृत्यु भएको छ । मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसमध्ये काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । मन्त्रालयका अनुसार उपत्यकामा ज्यान गुमाउनेमा काठमाडौंमा ४ तथा ललितपुर र भक्तपुरमा १/१ जना रहेका छन् । काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै धनुषामा ७६, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पामा ४० वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ ।
प्रकाशित समय १९:१० बजे

















