गृहपृष्ठ कोरोनाका कारण भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु
कोरोनाका कारण भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु
भारतमा कोरानाभाइरसबाट संक्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ संक्रमितहरु थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५७१ जना संक्रमितह भएका हुन् ।
कुल संक्रमितमध्ये अहिले नौ लाख ७० हजार ११६ जना मात्रै सक्रिय संक्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित भएकामध्ये ४७ लाख ५६ हजार १६५ जना संक्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म छ करोड ८९ लाख २८ हजार ४४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय १६:३२ बजे

















