गृहपृष्ठ बंगलादेशमा ७५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त
बंगलादेशमा ७५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त
बंगलादेशमा कोभिड–१९ संक्रमित विरामीमध्ये ७५.१ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।
मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
योसँगै बंगलादेशमा कुल संक्रमितको संख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ संक्रमितको मृत्यु भएको छ ।
यहाँ अहिलेसम्म संक्रमणमुक्त भएका विरामीको संख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने संक्रमितको मृत्युदर १.४३ प्रतिशत रहेको छ ।
प्रकाशित समय ०७:१९ बजे

















