गृहपृष्ठ थप १,५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज
थप १,५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज
पछिल्लो २४ घन्टामा देशभर १० हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण भएको जनाएको छ । अब देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७ सय ७८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको प्रवक्ता गौतमले बताए । योसँगै देशभरबाट ७२ दशमलव ६ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् ।
त्यसैगरी, काेराेनाका कारण थप १० जनाले ज्यान गुमाएका छन् । योसहित नेपालमा काेराेनाले मृत्यु हुनेको संख्या ४ सय ९१ जना पुगेको छ ।
प्रकाशित समय १६:२४ बजे

















