गृहपृष्ठ अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए २७२२ जना संक्रमित
अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए २७२२ जना संक्रमित
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको छ । शुक्रबार मात्रै दुई हजार ७२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ५२० जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै अहिलेसम्म ६० हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन् । शुक्रबार मात्रै तीन हजार ३०७ जना डिस्चार्ज भएका हुन् ।
अहिले नेपालमा २१ हजार २३४ सक्रिय संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १० लाख ४८ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । गएको २४ घण्टामा मात्रै १४ हजार ७३९ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रकाशित समय १६:२७ बजे

















