गृहपृष्ठ कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, थप ३,४३९ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, थप ३,४३९ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर १४ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

मंगलबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ४० जना संक्रमित थपिएका थिए ।

अब नेपालमा काेराेना संक्रमितकाे संख्या ९४ हजार २ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या २५ हजार ७ पुगेकाे छ । यसमध्ये आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् ।

पछिल्लाे २४ घण्टाभित्र थप एक हजार २६ जना काेराेनामुक्त भइ डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा काेराेनामुक्त हुनेकाे कुल संख्या ६८ हजार ६ सय ६८ पुगेकाे छ ।

यसैगरी थप १५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ सय ७८ जना पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु