गृहपृष्ठ कोरोनाबाट सबैभन्दा बढी प्रभावित यी १० देश
कोरोनाबाट सबैभन्दा बढी प्रभावित यी १० देश
विश्वभर कोरोनाभाइरस संक्रमण तीव्र गतिमा विस्तार भइरहँदा शक्तिशाली देशहरू नै कोरोनाबाट बढी प्रभावित भएका छन् । व्यवस्थित संसार मानिने अमेरिकाकै अर्थव्यवस्था अस्तव्यस्त भइसकेको छ भने मेडिकल साइन्समा निकै बलियो मानिने दक्षिण एसियाली देश भारतमा कोरोना नियन्त्रणबाहिर गइसकेको छ ।
शुक्रबार रातिसम्ममा विश्वभर ३ करोड ६८ लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १० लाख ६८ हजार नाघेको छ । कुल संक्रमितमध्ये दुई करोड ७७ लाखभन्दा बढी मानिस ठिक भएका छन् भने करिब ८० लाख ५९ हजार मानिस सक्रिय संक्रमित छन् । तीमध्ये ६८ हजारभन्दा धेरैको स्वास्थ्य अवस्था जटिल छ ।
अमेरिकामा कोरोनाभाइरसको संक्रमितको संख्या ७८ लाख ३९ हजार नाघेको छ । पेसा, व्यवसाय खोल्ने कि नखोल्ने भन्ने विषयमा अन्योलमा रहेको अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरूको संख्या दुई लाख १७ हजार नाघेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवै संक्रमित भएका छन् ।
कोरोनाबाट सर्वाधिक प्रभावित देश
देश कोरोना संक्रमित संख्या मृतक
भारत ६९ लाख २६ हजार १ लाख ६ हजार
ब्राजिल ५० लाख २९ हजार १ लाख ४९ हजार
रुस १२ लाख ७२ हजार २२ हजार
कोलम्बिया ८ लाख ८६ हजार २७ हजार
स्पेन ८ लाख ८४ हजार ३२ हजार
अर्जेन्टिना ८ लाख २२ हजार
पेरु ८ लाख ३८ हजार ३३ हजार
मेक्सिको ८ लाख ४ हजार ८३ हजार
दक्षिण अफ्रिका ६ लाख ८६ हजार १७ हजार
युरोपेली मुलुकहरु बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आंकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्ध घोषणा गर्न थालिएको छ ।
प्रकाशित समय २१:१४ बजे

















