गृहपृष्ठ उपत्यकामा २,७२० सहित देशभर ४,४९९ कोरोना संक्रमित थपिए
उपत्यकामा २,७२० सहित देशभर ४,४९९ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७२० जनासहित देशभरि ४ हजार ४९९ कोरोना भाइरस संक्रमित थपिएका छन् । उपत्यकासहित बागमती प्रदेशमा सर्वाधिक धेरै ३ हजार २२५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ३५७, ललितपुरमा २३६ जना र भक्तपुरमा २३६ जना कोरोना संक्रमित थपिएका हुन् ।
थपिएकासहित उपत्यकामा कुल सक्रिय संक्रमितहरूको संख्या २४ हजार १३५ जना पुगेको छ भने उपत्यकामा २९३ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा देशभरि १६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जना संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमित संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
प्रकाशित समय १७:२४ बजे

















