गृहपृष्ठ पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ संक्रमण पुष्टि
पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ संक्रमण पुष्टि
पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उहाँका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराएका छन् ।
स्पाईचाल्स्कीले भने, ‘राष्ट्रपतिलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ तर उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ ।’ राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमणपछि डुडा र उहाँको कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।
पोलिस राष्ट्रपति डुडाले संक्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहेका थिए । उनले क्वारेन्टिनमा बस्नुपूर्व राष्ट्रिय रंगशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९ को अस्थायी अस्पतालको निरीक्षण गरिरहेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण पोल्याण्डमा दुई लाख ४१ हजार ९४६ व्यक्तिमा देखिएको छ भने संक्रमितमध्ये चार हजार ३५१ जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रकाशित समय ०८:१८ बजे

















