गृहपृष्ठ बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण
बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण
बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेको उनका छोरा राजेशलाई पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
प्रकाशित समय १०:५४ बजे

















