गृहपृष्ठ एक लाख २४ हजार संक्रमितले जिते कोरोनाभाइरस
एक लाख २४ हजार संक्रमितले जिते कोरोनाभाइरस
नेपालमा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या एक लाख २४ हजार नाघेको छ । बिहीबार थप तीन हजार ३८ जना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या एक लाख २४ हजार ८६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबार मात्रै १७ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म देशभर ९०४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
गौतमका अनुसार गएको २४ घण्टामा मात्रै दुई हजार ३६४ जना कोरोना संक्रमित थपिएका थिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको हो । गएको २४ घण्टामा ९ हजार ७६९ जनामा पीसीआर परीक्षण गरिएको थियो ।
प्रकाशित समय ११:५४ बजे

















