गृहपृष्ठ ललितपुरमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

ललितपुरमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या आठ हजार ४६३ पुगेको हो । त्यस्तै, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

हालसम्म पाँच हजार ९७६ जना निको भई डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या दुई हजार ४१० पुगेको ललितपुर कार्यलायका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, ‘मुलुकमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएसँगै कन्ट्याक ट्रेसिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।’

ललितपुरमा २० देखि ४० वर्ष उमेर समूहका केही संक्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी संक्रमित र ६० वर्ष उमेर माथिका धेरै संक्रमित संख्या रहेसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूहमाथिकै मानिसको सक्रमित बढिरहेको गेलालको भनाइ छ । कुल संक्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी दिए ।

संक्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्,’ उनले थपे, ‘जिल्लाभर संक्रमित संख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।’

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु