गृहपृष्ठ देशभर भेन्टिलेटरमा ७४ र आईसीयूमा ४२८ जना कोरोना संक्रमित उपचाररत
देशभर भेन्टिलेटरमा ७४ र आईसीयूमा ४२८ जना कोरोना संक्रमित उपचाररत
सांकेतिक तस्बिर ।
पछिल्लाे तथ्यांकअनुसार हाल देशभर ४ सय २८ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् । त्यसैगरी ७४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा ८, बागमतीमा २११, गण्डकीमा ८९, लुम्बिनीमा ६२, कर्णालीमा ४ र सुदूरपश्चिममा ९ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।
भेन्टिलेटरमा उपचाररत संक्रमितमध्ये प्रदेश १ मा १३, बागमतीमा ३५, गण्डकीमा १७, लुम्बिनीमा ५ र सुदूरपश्चिममा ४ जना रहेको मन्त्रालयले जानकारी दिएकाे छ ।
प्रकाशित समय १८:५३ बजे

















