गृहपृष्ठ थप २ हजार ७५३ जनामा कोरोना पुष्टि, २ हजार २०६ जना संक्रमणमुक्त
थप २ हजार ७५३ जनामा कोरोना पुष्टि, २ हजार २०६ जना संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २ हजार २ सय ६ सय जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये हालसम्म १ लाख ५५ हजार १ सय १४ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।
प्रकाशित समय १६:३८ बजे

















