गृहपृष्ठ विश्वमा कोरोना : पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित

विश्वमा कोरोना : पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित

विभिन्न देशमा कोरोना संक्रमण केही दिनयता बढ्न थालेको छ । गएकाे २४ घन्टामा विश्वभर अहिलेसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् । थप ५ लाख ९८ हजार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ वर्ल्डोमिटरले जनाएको छ । यो संख्या एकदिनमा अहिलेसम्मकै धेरै हो ।

पछिल्लो अवधिमा सबैभन्दा धेरै अमेरिकामा १ लाख २४ हजार २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । वर्ल्डोमिटरको अनुसार फ्रान्समा ८६ हजार ८ सय ५२, भारतमा ४६ हजार ३ सय १८, इटलीमा ३९ हजार ८ सय ११, पोल्याण्डमा २७ हजार ८ सय ७५, बेलायतमा २४ हजार ९ सय ५७, ब्राजिलमा २१ हजार ५६ र रसियामा २० हजार ३ सय ९६ जनामा कोरोना संक्रमण भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लाे तथ्यांकअनुसार ५ करोड २ लाख ६३ हजार ८८५ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ करोड १ लाख ८२ हजार ८१८, भारतमा ८५ लाख ७ हजार ७५४ जना र ब्राजिलमा ५६ लाख ५३ हजार ५६१ जनामा कोरोना संक्रमण भएको छ ।

ज्यान गुमाउनेको संख्या पनि १२ लाख ५६ हजार ३५४ पुगेको छ । संसारभर ९१ हजार ८०७ जनाको अवस्था गम्भीर छ । हालसम्म विश्वभर ३ कराेड ५५ लाख ४९ हजार ९०६ जना काेराेनामुक्त भइसकेका छन् ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु