गृहपृष्ठ आइतबार थपिए २ हजार ८१७ जना कोरोना संक्रमित
आइतबार थपिए २ हजार ८१७ जना कोरोना संक्रमित
आइतबार थप २ हजार ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ८१७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २ हजार ८१२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९९६ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेको छ । जसमध्ये १ हजार १४९ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १७:४५ बजे

















