गृहपृष्ठ मंगलबार थपिए २ हजार ७३६ कोरोना संक्रमित
मंगलबार थपिए २ हजार ७३६ कोरोना संक्रमित
मंगलबार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
मंगलबार थप ५ सय ५३ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार कोरोनाबाट निको भई घर फर्किनेको संख्या हालसम्म १ लाख ६० हजार ५ सय ७७ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ भने १ हजार ५८ जना क्वारेन्टिनमा छन् । त्यस्तै आज थप २२ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १४८ पुगेको छ ।
प्रकाशित समय १६:४४ बजे

















