गृहपृष्ठ थप १९१३ जनामा कोरोना संक्रमण

थप १९१३ जनामा कोरोना संक्रमण

नेपालमा थप एक हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको हो ।

बिहीबार मात्रै २ हजार ३४९ जनाले कोरोना जितेका छन् । त्यस्तै गएको २४ घण्टामा मात्रै १५ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ पुगेको छ ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु