गृहपृष्ठ नेपालमा थप १९४६ संक्रमित, २५०३ जना डिस्चार्ज

नेपालमा थप १९४६ संक्रमित, २५०३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ४६ जनामा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । त्यसैगरी २५ सय ३ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

१६ लाख बढीको पीसीआर परीक्षण गर्दा नेपालमा संक्रमितको संख्या दुई लाख ८ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ७० हजार ६३२ जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ ।

२४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । देशभर क्वारेन्टाइनमा भने एक हजार ५७ जना रहेका छन् । शनिबारसम्म नेपालमा १६ लाख दुई हजार ६०३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु