गृहपृष्ठ प्रदेश १ मा एकै दिन ६२५ संक्रमित डिस्चार्ज

प्रदेश १ मा एकै दिन ६२५ संक्रमित डिस्चार्ज

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ६२५ जना संक्रमित निको भई घर फर्केका छन् । उनीहरु विभिन्न अस्पताल र होम आइसोलेसनबाट निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म निको हुनेको संख्या १७ हजार ७७८ पुगेको छ ।

प्रदेशमा उक्त अवधिमा २३१ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ७२५ जनाको पीसीआर परीक्षणमा १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । संक्रमित भएकामा झापामा १०३, मोरङमा ८६ मध्ये विराटनगरमा ६३, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् ।

प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या २३ हजार ६६५ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु