गृहपृष्ठ विश्वभर एकैदिन थपिए ५ लाख ७५ हजार कोरोना संक्रमित

विश्वभर एकैदिन थपिए ५ लाख ७५ हजार कोरोना संक्रमित

विश्वभर एकैदिन ५ लाख ७५ हजार कोरोनाका बिरामी थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ४३ लाख २८ हजार रहेका छन् । बितेको २४ घण्टामा विश्वभर ८ हजारले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट हालसम्म १३ लाख १८ हजारले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म ३ करोड ७८ लाख ६९ हजारले कोरोनालाई जितेर घर फर्कन सफल भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ५१ लाख ३१ हजार छन् । जसमध्ये २० हजारको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ । सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा हालसम्म २ लाख ५१ हजारले ज्यान गुमाएका छन् भने १ करोड १२ लाख २६ हजार संक्रमित छन् ।

बितेका २४ घण्टामा अमेरिकामा १ लाख ५७ हजार संक्रमित थपिएका हुन् भने १ हजार २६० जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा हालसम्म संक्रमितको संख्या ८८ लाख १४ हजार रहेको छ भने १ लाख २९ हजारले ज्यान गुमाएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट ५८ लाख ४८ हजार संक्रमित छन् भने १ लाख ६५ हजारको ज्यान गएको छ ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु