गृहपृष्ठ थप २८७८ जना डिस्चार्ज, ५०२ संक्रमित थपिए

थप २८७८ जना डिस्चार्ज, ५०२ संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ८७८ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमित मध्ये ३० हजार ९८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

आज हाल १ हजार ३ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । गत २४ घण्टाभित्र थप १७ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । हालसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या नेपालमा १ हजार २४७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु