गृहपृष्ठ दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक संक्रमितको आज बुधवार बिहान २ बजे मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उनलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात् उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रँदै गएपछि आज बिहान मृत्यु श्रेष्ठले बताए ।

यससँगैँ बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारको क्रममा ज्यान गुमाएका ४० र बाँके जिल्ला निवासी ३७ गरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु