गृहपृष्ठ कोरोना संक्रमितको नि:शुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

कोरोना संक्रमितको नि:शुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड- १९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए ।

उनले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्न परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिए । कोभिड- १९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश- २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड- १९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड- १९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । उपचार गरेवापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ । सरकारले कोरोना बिमा गरेको हकमा भने बिमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु