गृहपृष्ठ कोभिड १९ ले काठमाडौँ जिल्लामा मात्रै २ सय निजी विद्यालय बन्द : प्याब्सन

कोभिड १९ ले काठमाडौँ जिल्लामा मात्रै २ सय निजी विद्यालय बन्द : प्याब्सन

निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन)ले काठमाडौँ जिल्लामा मात्रै करिब २ सय निजी विद्यालय बन्द भएको प्रारम्भिक अनुमान गरेको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि चैत ११ गतेदेखि गरिएको लामो समयको लकडाउन र त्यसपछि विद्यालय सञ्चालन अनुमति नदिइँदा काठमाडौँ जिल्लामा मात्रै करिब २ सय निजी विद्यालय बन्द भएको अनुमान गरिएको हो ।

‘अहिले कोरोनाभाइरसकै कारण त्यसको यकिन तथ्यांक निकालिसकिएको छैन,’ न्युज कारोबारसँगको कुराकानीमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यले भने, ‘हामी तथ्यांक निकाल्दै छौँ, काठमाडौँ जिल्लामा भएका ११ सय निजी स्कुलमध्ये करिब २ सय बन्द भएको अनुमान छ, त्यसमा पनि काठमाडौँ महानगरभित्र बढी स्कुल बन्द भएका छन् ।’

कोरोनाका कारण लामो समय विद्यालय सञ्चालन हुन नसकेपछि घरभाडा र शिक्षकको तलब तिर्न नसक्ने अवस्था पुगेर विद्यालय बन्द भएको उनले बताए । ‘बन्द नभएका धेरै निजी स्कुलले अनलाइन कक्षा सञ्चालन गर्न सकेनन्,’ आचार्यले भने, ‘जसका कारण करिब ६० प्रतिशत विद्यार्थीको शैक्षिक सत्र गुम्दै छ ।’

(विस्तृत अन्तर्वार्ता केहीबेरपछि)

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु