गृहपृष्ठ काठमाडौं महानगरपालिकाले नि:शुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौं महानगरपालिकाले नि:शुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले भोलिदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ । शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै भोलिदेखि पुनः स्वाब संकलनको कार्य सूचारु गर्न लागिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

उनका अनुसार सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन कार्यलाई फेरि सूचारु गर्न लागिएको हो । कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु