गृहपृष्ठ काठमाडौं महानगरले थाल्यो स्वाब संकलन, अशक्त र जेष्ठ नागरिकका लागि मोबाइल भ्यान

काठमाडौं महानगरले थाल्यो स्वाब संकलन, अशक्त र जेष्ठ नागरिकका लागि मोबाइल भ्यान

स्वाब संकलन गरिँदै (फाइल तस्बिर) ।

कोरोनाभाइरस (कोभिड- १९)को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले आजदेखि स्वाब संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त र जेष्ठ नागरिकहरुको भने मोबाइल भ्यानमार्फत स्वाब संकलन गरिने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

उनका अनुसार सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्न लागिएको हो । परीक्षण आफैँ गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै परीक्षण गर्न उनले आग्रह गरे । कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न लागिएको मेयर शाक्यले जानकारी दिए ।

‘सरकारले कोरोना नियन्त्रणका लागि आफ्नो तर्फबाट कडा मेहनत गरिरहेकै छ । यसमा समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउन सक्छ,’ उनले भने, ‘त्यसैले स्थानीय स्तरबाट नै कोरोना महामारीविरुद्ध लड्न सहयोग गर्न काठमाडौं महानगरपालिकाले पनि परीक्षणको दायरा फराकिलो बनाउन लागेको हो ।’

प्रकाशित समय १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु