गृहपृष्ठ एक सातामा १७ हजार कोरोना संक्रमित डिस्चार्ज
एक सातामा १७ हजार कोरोना संक्रमित डिस्चार्ज
फाइल तस्बिर
यो साता कोरोना भाइरसबाट १७ हजार भन्दा बढी संक्रमित कोरोनामुक्त भएका छन् । आइतबारदेखि शनिबारसम्म देशभर १७ हजार ८६१ जना संक्रमणमुक्त भएका हुन् ।
आइतबार देशभर पाँच हजार ६९९ जना कोरोना भाइरसबाट निको भएका छन् । त्यस्तै सोमबार तीन हजार ४३ , मंगलबार दुई हजार ७९१, बुधबार तीन हजार १४०, बिहीबार एक हजार ४३७, शुक्रबार एक हजार २३६ र शनिबार ५१५ जना निको भई घर फर्किएका छन् ।
यो साताको तथ्यांक हेर्दा निको हुने दरमा कमी हुँदै गएको देखिन्छ । तर देशभर हालसम्म कोरोनाबाट दुई लाख ११ हजार १८६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९१.५३ प्रतिशत रहेको छ ।
शनिबारसम्म देशभर कुल संक्रमितको संख्या दुई लाख ३० हजार ७२३ जना छन् । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ४५४ जनाले ज्यान गुमाएको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।
प्रकाशित समय १६:२९ बजे

















