गृहपृष्ठ हेलिकप्टरमा चिल ठोक्किएपछि आकस्मिक अवतरण

हेलिकप्टरमा चिल ठोक्किएपछि आकस्मिक अवतरण

कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर बागलुङबाट काठमाडौँतर्फ आउँदै गर्दा चिल ठोक्किएको हो ।

हेलिकप्टरमा पाइलटसहित ६ जना रहेको र सबै जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हेलिकप्टरको अगाडि भागमा भने सामान्य क्षति भएको छ । उक्त पाँच जना यात्रुलाई अर्को हेलिकप्टरबाट काठमाडौँ लगिएको र पाइलट बेलकोटमै रहेको नुवाकोट प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु