गृहपृष्ठ कोरोनाबाट थप २० जनाको मृत्यु, १०१४ संक्रमित थपिए
कोरोनाबाट थप २० जनाको मृत्यु, १०१४ संक्रमित थपिए
नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टाभित्र थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ जना पुगेको छ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ । आज थप १ हजा ६ सय २८ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ जना रहेको छ । जसमध्ये १२ हजार ९ सय ४८ जना आइसोलेसनमा र ५२७ जना क्वारेन्टिनमा छन् । आज ६ हजार २ सय २० जनामा पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार नेपालमा हालसम्म १७ लाख ९० हजार ७ सय ३९ जनामा पीसीआर परीक्षण गरिएको छ ।
प्रकाशित समय १६:४० बजे

















